Below Menu
Below Menu

कालिका पावर कम्पनीको लाभांश प्रस्ताव, बुक क्लोज कहिले ? 

कालिका पावर कम्पनीको लाभांश प्रस्ताव, बुक क्लोज कहिले ? 

काठमाडौं : कालिका पावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ७ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षकोाबाट शेयरधनीहरुलाई ७.३६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । 

कम्पनीले हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.३६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस २९ गते साधारण सभा बोलाएको छ । उक्त सभा दियालो फुडल्याण्ड चितवन, भरतपुर–१०, चिवतनमा बिहान ११ बजे सुरु हुनेछ । 

सभाले आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल गर्ने चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । 

साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १९ गते बुक क्लोज गर्ने भएको छ । जसअनुसार पुस १८ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन् । 


 

Advertisment

थप समाचार