Below Menu
Below Menu

सङ्घर्षशील सहकारीका अध्यक्ष र सचिव पक्राउ

सङ्घर्षशील सहकारीका अध्यक्ष र सचिव पक्राउ

कास्की : पोखरा महानगरपालिका-२३, स्थित सङ्घर्षशील बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विक्रम पाण्डे र सचिव कमल सुवेदी पक्राउ परेका छन्।

सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीको प्रारम्भिक अनुसन्धान प्रतिवेदनअनुसार सहकारीमा करिब ३ करोड रुपैयाँ अपचलन भएको छ।

रकम हिनामिना भएकाले अनुसन्धान गरिदिन सहकारी रजिष्ट्रार कार्यालयले आइतबार प्रहरीलाई गरेको अनुरोधपछि उनीहरु पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा संस्थाका अध्यक्ष धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-६ घर भई पोखरा–८ नयाँबजार बस्ने ३३ वर्षीय विक्रम पाण्डे र सोही सहकारीका सचिव पोखरा–३१ बेगनास घर भएका ३४ वर्षीय कमल सुवेदी छन्। उनीहरुलाई सोमबा कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद थपेर अनुसन्धान अघि बढाएको छ।

प्रहरीले सोमबार सूचना जारी गर्दै ठगिएका बचतकर्ताहरुलाई पुस २० गतेभित्र उजुरी दिन आग्रह गरेको छ।

सूचनामा भनिएको छ, `सहकारी संस्थामा बचतकर्ता रही सहकारीबाट बचत तथा शेयर रकम फिर्ता नपाउनु भएका पीडित व्यक्तिहरुले सहकारीमा रकम जम्मा गरेको आधार देखिने शेयरधनी प्रमाणपत्र, पासबुक, भौचर, स्टेटमेन्ट, मुद्दति प्रमाणपत्रलगायतका प्रमाण र सम्बन्धित पीडित बचतकर्ताको नागरिकतासमेतको परिचय खुल्ने कागजसहित कानुनबमोजिम सहकारी ठगी शीर्षकमा जाहेरी दरखास्त लिई यस जिल्ला प्रहरी कार्यालय कास्कीमा सम्पर्क राख्नु हुन सम्पूर्ण बचतकर्तामा सूचित गरिएको छ ।´

Advertisment

थप समाचार