Below Menu
Below Menu

महुली लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन 

महुली लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन 

काठमाडौं : महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको थप सार्वजनिक निष्काशन अर्थात एफपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । संस्थाले पुस ५ गतेदेखि निष्कासन गरेको एफपीआृे लगानीकर्ताले आजसम्म आवेदन दिन सक्नेछन् । 

लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँबराबरको ४ लाख ७५ हजार ४४९।१५ कित्ता शेयर निष्काशन गर्न लागेको हो।

लघुवित्तले हाल कायम सर्वसाधारण समूहको हिस्सा १९.६८ प्रतिशतलाई, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत पुर्याउनका लागि एफपीओ निष्काशन गर्न लागको हो । एफपीओमा न्यूनतम १० कित्ता र अधिकतममा एक हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

हाल लघुवित्तको चुक्ता पूँजी ३२ करोड २३ लाख ७८ हजार ५८५ रुपैयाँ रहेको छ। एफपीओ निष्काशनपश्चात लघुवित्तको चुक्ता पूँजी ३६ करोड ९९ लाख २३ हजार ५०० रुपैयाँ पुग्नेछ। 

Advertisment

थप समाचार