काठमाडौं : वर्णबास म्युजियम होटल लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्ने प्रस्तावसहित पुस २९ गते वार्षिक साधारण सभा बोलाएको हो ।
उक्त सभा सभा कम्पनीको रजिष्टर्ड कार्यालय बालुवाटारमा बिहान ९ बजे सुरु हुनेछ । सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव, आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल गर्ने र चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
Advertisment