काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा चार कम्पनीको शेयरमूल्य समायोजन भएको छ । मंगलबार नेप्सेले आरएसडिसी लघुवित्त, मिथिला लघुवित्त, माउन्टेन इनर्जी नेपाल र कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयरमूल्य समायोजन गरेको हो ।
कम्पनीहरुले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि आज बुक क्लोज गरेसँगै नेप्सेले अन्तिम कारोबारको आधारमा मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेका अनुसार मिथिला लघुवित्त वित्तीय संस्थाको १४.२५ प्रतिशत बोनस पछिको शेयरमूल्य १५०७.२२ रुपैयाँमा समायोजन भएको छ । कम्पनीको अन्तिम कारोबार १७२२ रुपैयाँमा भएको थियो ।
त्यस्तै आरएसडिसी लघुवित्त वित्तीय संस्थाको ९.५० प्रतिशत बोनस पछिको शेयरमूल्य ६७३.०६ रुपैयाँमा समायोजन भएको छ । कम्पनीको अन्तिम कारोबार ७३७ रुपैयाँमा भएको थियो ।
माउन्टेन इनर्जी लिमिटेडको १५ प्रतिशत बोनस पछिको शेयरमूल्य ६३३.२२ रुपैयाँमा समायोजन भएको नेप्सेले जनाएको छ । कम्पनीको अन्तिम कारोबार ७२८.२० रुपैयाँमा भएको थियो ।
नेप्सेले कुथेली बुखारी स्मल हाइड्रोपावर कम्पनीको १० प्रतिशत बोनसपछिको शेयरमूल्य २४६२.७३ रुपैयाँमा समायोजन गरेको छ । कम्पनीको अन्तिम कारोबार २७०९ रुपैयाँमा भएको थियो । समायोजित मूल्यका आधारमा दोस्रो बजारमा कम्पनीहरुको शेयर कारोबार हुनेछ ।
Advertisment