Below Menu
Below Menu

गार्डियन माइक्रो लाइफको आईपीओमा पुस २१ गतेदेखि आवेदन दिन सकिने 

गार्डियन माइक्रो लाइफको आईपीओमा पुस २१ गतेदेखि आवेदन दिन सकिने 

काठमाडौं : गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले पुस २१ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ जारी गर्न लागेको हो । 

इन्स्योरेन्सले हाल कायम जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर शेयर बिक्रीका लागि अनुमति पाएको थियो ।

जसमध्ये कम्पनीले १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ ।

कम्पनीले कर्मचारीहरुका लागि ३ प्रतिशतले हुन आउने ६७ हजार ५०० कित्ता शेयर र ५ प्रतिशतले हुन आउने १ लाख १२ हजार ५०० कित्ता शेयर छुट्याएको छ। बाँकी रहेको १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर कम्पनीले सर्वसाधारणका लागि निष्काशन गर्नेछ।

इन्स्योरेन्सको आईपीओमा लगानीकर्ताहरुले पुस २४ गतेसम्म आवेदन दिन सक्नेछन्। कम्पनीले जारी गर्न लागेको आईपीओमा लगानीकर्ताहरुले न्युनतम १० कित्तादेखि अधिकतम एक लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ । आईपीओ खरिदका लागि लगानी कर्ताले बिक्री प्रबन्धकको वेभसाइटमा गई रितपूर्वक विवरण भरी पनि आवेदन दिन सकिनेछ ।

यसका साथै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

Advertisment

थप समाचार