Below Menu
Below Menu

पाँच महिनामा साढे नौं करोडको अचार निर्यात, सबैभन्दा बढी माग अस्ट्रेलियामा 

पाँच महिनामा साढे नौं करोडको अचार निर्यात, सबैभन्दा बढी माग अस्ट्रेलियामा 

काठमाडौं : चालु आर्थिक वर्षको पाँच महिनामा साढे नौं करोड रुपैयाँ बराबरको अचार निर्यात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार मंसिर मसान्तसम्म नौं करोड ५६ लाख ९३ हजार रुपैयाँ बराबरको १० करोड ९६ लाख ७ हजार केजी अचार निर्यात भएको हो । 

यस अवधिमा विशेषगरी अष्ट्रेलिया, अमेरिका, क्यानडा, जापान, कोरिया, मलेसिया इटाली र बेलायत लगायतका देशहरुमा अचार निर्यात भएको विभागको तथांकमा उल्लेख छ । विभिन्न देशमा बसोबास गर्दै आएका नेपालीहरुलाई कोेसेलीको रुपमा समेत अचार पठाउने गरिएको छ । 

कोभिड–१९ को बढ्दो संक्रमणका बेला संसारभरकै व्यापार÷व्यवसायमा असर पर्दा नेपालबाट भने अचार निर्यात सुरु भएको थियो । बजारमा स्वदेशीदेखि विदेशी विभिन्न ब्रान्डमा फरक–फरक स्वादका ‘रेडिमेड’ अचार उपलब्ध छन् । 

विभागका अनुसार उत्पादित अचारको खपत बढी मात्रामा आन्तरिक बजारमै हुने भए पनि आर्थिक वर्ष ०७७/७८ देखि विदेशसमेत निर्यात हुन थालेको होे । नेपालबाट मुख्यतया लप्सी, मुला, गाँजर, अकबरे खुर्सानीका अलावा बफ, चिकेन, माछालगायतका विभिन्न प्रकारका अचार निर्यात हुने गर्छ । 

विभागका तथ्यांक अनुसार मंसिर मसान्तसम्म अष्ट्रेलियमा सबैभन्दा धेरै ३ करोड ४ लाख ४० हजार रुपैयाँ बराबरको ३५ हजार ३४३ केजी अचार निर्यात भएको छ । 

त्यस्तै बेल्जियममा ४९ करोड ८० लाख रुपैयाँ बराबरको ७ हजार ५६ केजी, क्यानडामा ४० लाख ८८ हजार रुपैयाँ बराबरको ३ हजार ९०७ केजी र डेनमार्कमा १६ लाख ९६ हजार रुपैयाँ बराबरको एक हजार ५७३ केजी अचार निर्यात भएको छ । 

त्यसैगरी नेपालले यस अवधिमा र इटालीमा एक करोड ६४ लाख ४० हजार रुपैयाँ बराबरको १५ हजार ९७५ केजी, जापानमा ६९ करोड ४६ लाख रुपैयाँ बराबरको ८ हजार ९०४ केजी, कोरियामा ७६ करोड ९८ लाख रुपैयाँ बराबरको १२ हजार २५२ केजी अचार निर्यात गरेको छ ।

विभागका अनुसार मंसिर मसान्तसम्म मलेसियामा ८ करोड ८ लाखको एक हजार ३५० केजी, युकेमा २० करोड ८ लाख रुपैयाँ बराबरको २ हजार ५७३ केजी र अमेरिकामा २ करोड ५ लाख १६ हजार रुपैयाँ बराबरको २० हजार ६७४ केजी अचार निर्यात भएको छ ।
 

Advertisment

थप समाचार