काठमाडौं : अपि पावर लिमिटेडले थप लगानी विस्तार गर्ने भएको छ । कम्पनीले मध्य चमेलिया जलविद्युत आयोजनामा ७३ करोड रुपैयाँ लगानी गर्न लागेको हो ।
कम्पनीको सहायक कम्पनी दार्चुला पावर लिमिटेडले दार्चुला जिल्ला मार्मा गाउँपालिकामा प्रवर्द्धन गरीरहेको २८.३०४ मेगावटको उक्त जलविद्युत कम्पनीमा ५१.५८ प्रतिशत शेयर लगानी गर्न लागेको हो ।
उक्त जलविद्युत आयोजना निर्माणको लागि एक अर्ब ४१ करोड ५२ लाख रुपैयाँ लाग्ने अनुमान छ। बुधबार बसेको अपि पावर सञ्चालक समितिको बैठकले उक्त आयोजनामा बहुमत शेयर कायम गर्ने निर्णय गरेको हो ।
Advertisment