काठमाडौं : स्वर्णिम होटल लिमिटेडले सर्वसाधारणमा प्रथामिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले अँईपीआृ जारी गर्ने प्रस्तावसहित पुस २८ गते वार्षिक साधारण सभा बोलाएको छ ।
उत्तः सभा कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौंमा दिउँसो १ बजे सुरु हुनेछ । सभाले आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल गरी पारित गर्ने र चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै सभाले आईपीओ निष्कासन गर्ने र सो सम्बन्त्री सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
Advertisment