Below Menu
Below Menu

युनाइटेड अजोड इन्स्योरेन्सकाे चार लाख कित्ता बढी शेयर बिक्रीमा 

युनाइटेड अजोड इन्स्योरेन्सकाे चार लाख कित्ता बढी शेयर बिक्रीमा 

काठमाडौं : युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले ४ लाख कित्ता बढी संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको ४ लाख ७ हजार १८२ कित्ता शेयर विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो । 

उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २७५ रुपियाँ तोकिएको छ । शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले आफूले किन्न चाहेको शेयर विरण खुलाई ३५ दिनभित्र सिटिसी मल, सुन्धारामा रहेको कम्पनीको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ । 

यसका साथै साथै तोकिएको समयभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिद आवेदन नपरेमा प्रचलित कानुन बमोजिम उक्त शेयर सर्वसाधारणलाई बिक्री खुल्ला गरिने कम्पनीले जनाएको छ ।

Advertisment

थप समाचार