Below Menu
Below Menu

हस्पिटालिटी वर्ल्ड क्याम्पसद्वारा आयोजित खाना महोत्सव-२०२४ सम्पन्न

हस्पिटालिटी वर्ल्ड क्याम्पसद्वारा आयोजित खाना महोत्सव-२०२४ सम्पन्न

काठमाडौं : हस्पिटालिटी वर्ल्ड क्याम्पसद्वारा आयोजित खाना महोत्सव( २०२४ सम्पन्न भएको छ। सो महोत्सव हस्पिटालिटी वर्ल्ड क्याम्पस एकान्तकुना ललितपुरको आयोजना तथा उक्त संस्थामा तालिमरत बिधार्थीरुको अग्रसरतामा शनिबार क्याम्पस परिसरमा भव्यताका साथ सम्पन्न भएको हो। 

महोत्सवमा विभिन्न अन्तर्राष्ट्रिय व्यञ्जनरुको ५ स्टलहरु समावेश थिए। उक्त महोत्सवमा आगन्तुकहरुले खानाका परिकारहरु पकाउने कला, खानको परिकारको परीक्षण सम्बन्धमा जानकारी लिनुका साथै पाककला सम्बन्धी वर्कशपहरुमा सहभागी हुने अवसर प्राप्त गरेका थिए ।

विधार्थीहरुद्वारा तयार पारिएका विभिन्न प्रकारका खानाहरुको सजावट तथा स्वादले सहभागिहरुको मन जित्न सफल भएको जनाइएको छ। 

महोत्सवमा परम्परागत नेवारी खानाका परिकारदेखि  महोत्सवमा सामाजिक प्रभावकर्ता (सोसियल इन्फ्युयन्सर), कलाकार, विभिन्न कलेजका विधार्थी लगायत सर्बसाधारण गरि करीव ५०० जनाको सहभागिता रहेको थियो।

यसका साथै महोत्सवमा विभिन्न परिकारका खानाहरुको स्वादसंगै मनोरञ्जनात्मक साङ्गीतिक कार्यक्रम प्रस्तुत गरिएको थियो। त्यस्तै विभिन्न मनोरञ्जनात्मक खेलहरुको प्रतियोगता गराई विजेताहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।

आयोजक संस्थाका प्रमुख कार्यकारी अधिकृत अमित राजका अनुसार हस्पिटालिटी वर्ल्ड क्याम्पस देशमा हस्पिटालिटी क्षेत्रमा दक्ष जनशक्ति विकास गर्न अन्तर्राष्ट्रिय स्तरको शिक्षा तथा तालिम कार्यक्रम हरु संचालन गर्ने गराउने उद्देश्य लिएर स्थापना भएको संस्था हो ।

यसका साथै विद्यार्थीहरुको सिकाईलाई व्यवहारिक रुपमा प्रयोगमा ल्याउने महोत्सवको आयोजना गरिएको उनको भनाई छ ।

यस खाना महोत्सव केवल परिकारको उत्सव मात्र होइन, यसले समुदायलाई एकताबद्व गर्ने माध्यम पनि हो । यस महोत्सवले यस संस्थामा तालिमरत विधार्थीहरुको सिकाईमा थप इटा थप्ने काम भएको सिईओ अमित राजले बताए । 

देशको पर्यटन क्षेत्रको बिकास र बैदेशीक रोजगारीमा जाने युवाशक्तिलाई आवश्यक सीप प्रदान गर्न यस संस्थाले हस्पिटालिटी म्यानेजमेन्ट अर्न्तगतका एडिएचएम, डीएचएम र डीजिसिएम कोर्शहरु संचालनमा ल्याएको छ ।

साथै संस्थाले यस क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय संस्थाहरु संगको सहकार्यमा ती कोशहरुको अन्तराष्ट्रिय स्तरको तालिमहरु प्रदान गर्ने काम गरिरहेको छ ।

उक्त कार्यक्रममा सहभागिहरुको हर्षोल्लासले  उत्साहित भएको आयोजकको भनाई छ। कार्यक्रमको समापन आगामि वर्ष अझ विविध परिकार र आकर्षणहरु सहित पुनः उपस्थित हुने वाचाका साथ गरिएको छ।

यस खाना महोत्सवलाई सफल बनाउन सहयोग पुऱ्याउने सबै प्रायोजक, विक्रेता, ललितपुर महानगरपालिका वडा न १३, जिल्ला प्रहरी परिसर ललितपुरलाई  हस्पिटालिटी वर्ल्ड क्याम्पसले धन्यवाद ज्ञापन गरेको छ।

Advertisment

थप समाचार