काठमाडौं : सर्वसाधारण सभा प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने प्रस्तावसहित विभिन्न तीन कम्पनीले साधारणसभा बोलाएका छन् । मध्य ताराखोला हाइड्रोपावर, हुलास आईरण ईन्डष्ट्रिज लिमिटेड र हुलास ईन्फ्रा लिमिटेडले आईपीओ प्रस्तावसहित साधारण सभा बोलाएका छन् ।
मध्य ताराखोला हाइड्रोपावरले माघ ७ गते साधारण सभा बोलाएको छ । उक्त सभा कम्पनीको रजिष्टर्ड कार्यालय, बाग्लुङ्गमा बिहान ११ बजे सुरु हुनेछ ।
त्यस्तै, हुलास ईन्फ्रा लिमिटेडले आईपीओ जारी प्रस्तावसहित २१ गते वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा गणेशस्थान हामा आईरण बिल्डिङ, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
हुलास आईरण ईन्डष्ट्रिज पुस २५ गते वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा गणेशस्थान हामा आईरण बिल्डिङ, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
सभाले कम्पनीहरुले आईपीओ जारी गर्ने र सो कार्यका लागि सञ्चालक समितिलाइ अख्तियरी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
यसका साथै सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने र चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
Advertisment