काठमाडौं : एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।
कम्पनीले मंसिर ११ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा लगानीकर्ताहरूले आजसम्म आवेदन दिन सक्नेछन्।
इन्स्योरेन्सले प्रतिकित्ता १०० रुपौयँ अंकित दरमा ९६ करोड ३१ लाख २२ हजार २२ रुपैयाँ बराबरको ९६ लाख ३१ हजार २२० दशमलव २२ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।
इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ६२.५६ प्रतिशत अर्थात १० बराबर ६.२५६ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो।
हकप्रद शेयर निष्काशन प्रयोजनका लागि कम्पनीले कात्तिक २७ गते बुकक्लोज गरेको थियो । जसअनुसार कात्तिक २६ गतेसम्म कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।
इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।
लगानीकर्ताले बिक्री प्रबन्धकका साथै एनएलजी इन्स्योरेन्सका केन्द्रिय तथा क्षेत्रिय कार्यालयहरु र लक्ष्मी सनराइज बैंकका काठमाडौँ उपत्यका बाहिरका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।
हाल इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब ५३ करोड ९५ लाख ३६ हजार रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपछि इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब ५० करोड २६ लाख ५७ हजार रुपैयाँ पुग्नेछ।
Advertisment