काठमाडौं :कालिञ्चोक हाइड्रोपावर कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद शेयर जारी गर्ने प्रस्तावसहित माघ ३ गते विशेष साधारणसभा बोलाएको हो । उक्त सभा कम्पनीको कार्यालय गल्खोपाखा काठमाडौंमा बिहान ११ बजे हुनेछ ।
सभाले कम्पनीको पुँजी वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
कम्पनीले दोलखा जिल्लाको बिगु गाउँपालिका-८, मा ५ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गर्दैछ ।
Advertisment