Below Menu
Below Menu

सांग्रिला डेभलपमेन्ट बैंकसहित पाँच कम्पनीको बोनस शेयरमा मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

सांग्रिला डेभलपमेन्ट बैंकसहित पाँच कम्पनीको बोनस शेयरमा मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा विभिन्न पाँच कम्पनीको शेयरमूल्य समायोजन भएको छ । मंगलबार नेप्सेले लक्ष्मी सनराइज बैंक, साना किसान विकास लघुवित्त, डिप्रोक्स लघुवित्त, शिवम् सिमेन्ट्स र सांग्रिला डेभलपमेन्ट बैंकको बोनस शेयरमा मूल्य समायोजन गरेको हो  

उक्त कम्पनीहरुले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि आज बुक क्लोज गरेसँगै अन्तिम कारोबारका आधारमा नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । 

नेप्सेका अनुसार लक्ष्मी सनराइज बैंकको ५ प्रतिशत बोनसपछिको शेयरमूल्य २२४ दशमलव ७६ रुपैयाँमा समायोजन भएको छ । बैंकको अन्तिम कारोबार २३६ रुपैयाँमा भएको थियो । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको १३.३० प्रतिशत बोनसपछिको शेयरमूल्य ८१४ दशमलव ६५ रुपैयाँमा समायोजन भएको छ । संस्थाको अन्तिम कारोबार ९२३ रुपैयाँमा भएको थियो । 

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको ९.५० प्रतिशत बोनसपछिको शेयरमूल्य ७८५ दशमलव ३९ रुपैयाँमा समायोजन भएको नेप्सेले जनाएको छ । संस्थाको अन्तिम कारोबार ८६० रुपैयाँमा भएको थियो । त्यस्तै शिवम् सिमेन्ट्सको ८.५५ प्रतिशत बोनसपछिको शेयरमूल्य ५१२ दशलमव २१ रुपैयाँमा समायोजन भएको छ । कम्पनीको अन्तिम कारोबार ५५६ रुपैयाँमा भएको थियो ।

नेप्सेका अनुसार सांग्रिला डेभलपमेन्ट बैंकको ३.६५१६ प्रतिशत बोनसपछिको शेयरमूल्य ३७२.४० रुपैयाँमा समायोजन भएको छ । बैंकको अन्तिम कारोबार ३८६ रुपैयाँमा भएको थियो । समायोजित मूल्यका आधारमा दोस्रो बजारका कम्पनीको शेयर कारोबार हुनेछ । 
 

Advertisment

थप समाचार