Below Menu
Below Menu

कर्णाली प्रदेशका सहकारी संस्थाहरुको ऋण लगानी १८ प्रतिशतले बढ्यो 

कर्णाली प्रदेशका सहकारी संस्थाहरुको ऋण लगानी १८ प्रतिशतले बढ्यो 

काठमाडौं : कर्णाली प्रदेशका सहकारीको कुल ऋण प्रवाह १८.३४ प्रतिशतले बढेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनमा यस्तो देखिएको हो ।

उक्त प्रतिवेदन अनुसार प्रदेशमा सहकारी संस्थाहरुको कुल ऋण प्रवाह १८.३४ प्रतिशतले बढेको छ । गत वर्ष त्यस्तो ऋण प्रवाह २.१० प्रतिशतले घटेको थियो । गत वर्ष ५.८८ प्रतिशतले बढेको सदस्य संख्या समीक्षा वर्षमा ०.६० प्रतिशतले बढेको छ । समीक्षा वर्षमा सहकारी संस्थाले सिर्जना गरेको रोजगारीमा ६.२७ प्रतिशतले वृद्धि भएको छ ।

गत आर्थिक वर्षमा नमुना छनौटमा परेका सहकारीहरुबाट तथ्याङ्क संकलन गरी यस प्रदेशको समग्र सहकारी क्षेत्रको विश्लेषणात्मक अध्ययन प्रस्तुत गरिएको छ । समीक्षा वर्षमा कर्णाली प्रदेशमा सहकारी संस्थाहरुको कुल पुँजीमा ५.०६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो पुँजी ८.५४ प्रतिशतले वृद्धि भएको थियो ।

त्यस्तै, आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्म सहकारी संस्थाहरुको कुल बचत ५.५९ प्रतिशतले वृद्धि भएकोमा आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्म २९.०३ प्रतिशतले वृद्धि भएको छ । समीक्षा वर्षमा बचत बढनुमा यस प्रदेशमा सहकारी संस्थाहरु ग्रामिण क्षेत्रमा अवस्थित तथा उत्पादनसँग जोडिनु रहेको छ ।

Advertisment

थप समाचार