Below Menu

लाइफ इन्स्योरेन्स कर्पोरेशनको हकप्रद शेयरमा आजसम्म आवेदन दिन सकिने 

लाइफ इन्स्योरेन्स कर्पोरेशनको हकप्रद शेयरमा आजसम्म आवेदन दिन सकिने 

काठमाडौं : लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआइसी) को हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले मंसिर १२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा लगानीकर्ताले आजसम्म आवेदन दिन सक्नेछन् । 

Sponsored Advertisement

इन्स्योरेन्सले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा दुई अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ८८.४५ प्रतिशत अर्थात १ बराबर ०.८८४५ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

हकप्रद शेयर निष्काशन प्रयोजनका लागि कम्पनीले कात्तिक ९ गते बुकक्लोज गरेको थियो । जसअनुसार कात्तिक ८ गतेसम्म कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेण्ट बैंकिङ्ग क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताले बिक्री प्रबन्धकका साथै लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) स्टार मल, पुतलीसडक काठमाडौं तथा सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।

हाल इन्स्योरेन्सको चुक्ता पूँजी दुई अर्ब ६५ करोड ३२ लाख रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपछि इन्स्योरेन्सको चुक्ता पूँजी पाँच अर्ब रुपैयाँ पुग्नेछ ।

 


 

थप समाचार