काठमाडौं : तीन लघुवित्त सहित आठ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। सूर्योदय वोमी लघुवित्त, कालिका लघुवित्त, मेरो माइक्रोफाइनान्स लघुवित्त व्त्तिीय संस्था, हिमालयन डिष्टिलरी, बोटलर्स नेपाल (तराई), श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, लुम्बिनी विकास बैंक र कालिका पावर कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।
सूर्योदय वोमी लघुवित्तबाहेक अन्य कम्पनीहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोली अर्थात पुस १९ गते बुकक्लोज गर्दैछन् भने सूर्योदय वोमीले पुस २१ गते, आइतबार बुकक्लोज गर्दैछ। जसअनुसार आजसम्म कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा भाग लिन र कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २८ गते १३ औँ वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा ललितपुर स्थित लुभु पार्टी प्यालेस एण्ड क्याटेरिङ्ग सेण्टरको सभाहलमा बिहान ११ बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.९६२३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले मर्जर तथा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
त्यसैगरी, कालिका लघुवित्त वित्तीय संस्थाले पुस २९ गते सोमबार, १५ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सा होटल टास्क इन्टरनेशनल प्रालिको सभाहल, पोखरा, बुद्धचोकमा बिहान ९ बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको ९.५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले मर्जर तथा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरधनीहरुको तर्फबाट ४ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश पारित गर्न माघ ४ गते, शुक्रबार ,बाह्रौँ वार्षिक साधारण सभा बोलाएको छ। उक्त सभा सिद्धार्थ होटल बाटर टावर, विदुर–४, बट्टार, नुवाकोटमा बिहान साढे ११ बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.३९४७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
यसका साथै सभाले संस्थापक र सर्वसाधारण शेयरधनीहरुको शेयर स्वामित्व ५१ः४९ कायम गर्ने प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
हिमालयन डिष्टिलरीले पुस २८ गते आइतबार,२४ औँ वार्षिक साधारण सभा बोलाएको छ। उक्त सभा कम्पनीको रजिष्टर्ड कार्यालय, विरगञ्ज महानगरपालित वडा नं। २१, लिपनिविर्ता, पर्सामा बिहान १० बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनका लागि ५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, प्यासन कुलर नामक ब्राण्ड लगायतका आरटिडि ब्राण्डहरु उत्पादनका लागि विजय डिष्टिलरी प्रा।लि।सँग ट्रेडमार्क लाइसेनिङ्ग सम्झौता गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
बोटलर्स नेपाल (तराई) ले लाभांश पारित गर्न पुस २६ गते, होटल र्याडिसन, लाजिम्पाट, काठमाडौँमा दिउँसो १२ बजे ३८ औँ वार्षिक साधारण सभा बोलाएको छ। उध्m सभाले गत आवको मुनाफाबाट प्रस्तावित ५० प्रतिशत नगद लाभांश पारित गर्ने छ । साथै सभाले गत आर्थिक वर्षको वित्तीय विवरण अनुमोदन गर्ने र चालु आवका लागि लेखापरक्षिक नियुक्ति गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।
त्यस्तै, लुम्बिनी विकास बैंकले पुस २९ गते, १७ औँ वार्षिक साधारण सभा बोलाएको छ। उक्त सभा अमृतभोग, कालिकास्थान, काठमाडौँमा बिहान साढे १० बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ४ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले पुस २९ गते ३० औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा कम्पनीको रजिष्टर्ड कार्यालय, डिल्लीबजार, काठमाडौँमा बिहान १० बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको कर सहित १.८६ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.०९८२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने संस्थापक समूहतर्फ रिक्त रहेको १ जना सञ्चालक पदमा भएको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
कालिका पावरले लाभांश पारित गर्न पुस २९ गते दियालो फुलल्याण्ड चितवन प्रालि, भरतपुर, चितवनमा बिहान ११ बजे साधारण सभा बोलाएको छ। सभाले ७ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
त्यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
Advertisment