काठमाडौं : महुली लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्कासन (एफपीओ) शुक्रबार (पुस १९ गते) बाँडफाँट हुने भएको छ । संस्थाको शेयर बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार सो दिन बिहान १०ः३० बजे नयाँ बानेश्वर काठमाडौंमा एफपीओ बाँडफाँट हुने भएको हो ।
लघुवित्तको एफपीओमा १७ लाख ५८ हजार ८५३ जनाले कुल २ करोड ४८ लाख ८५ हजार ८४० कित्ताका लागि आवेदन परेको छ । गोलाप्रथाबाट एफपीओ बाँडफाँट हुने भएको हो । आवेदन गर्नेहरु मध्ये ४७ हजार ५४५ जनाले मात्र लघुवित्तको शेयर प्राप्त गर्ने भएका छन् ।
बाँकी आवेदक १७ लाख ११ हजार ३०८ जनाको हात खाली हुने भएको छ । लघुवित्तले पुस ५ गतेदेखि ९ गतेसम्म ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँ बराबरको एफपीओ जारी गरेको थियो ।
Advertisment