काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४.६३ अंकले बढेर २५८६.२३ बिन्दुमा पुगेको हो । बुधबार नेप्से ५.१० अंकले बढेर २५८१.६० बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १५६ कम्पनीको शेयरमूल्य बढेको छ । भने ७७ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज ११ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा चार अर्ब ६० करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा तीन अर्ब ५९ करोड ७४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज प्रभु महालक्ष्मी लाइफ इन्स्योरन्स प्रमोटरको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ४६ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा कर्पोरेट डेभलपमेन्ट र न्यादी हाइड्रोपावर कम्पनी रहेका छन् । यस कम्पनीको शेयरमूल्यमा सर्किट लागेको हो । आज सर्पोट माइक्रोफाइनानस वित्तीय संस्थाको शेयरमूल्य ५ प्रतिशतले घटेको छ ।
Advertisment