Below Menu
Below Menu

सात कम्पनीको बोनस शेयरमा मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?  

सात कम्पनीको बोनस शेयरमा मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?  

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सात कम्पनीको बोनस शेयरमा मूल्य समायोजन भएको छ ।

बिहिबार नेप्सेले सूर्योदय वोमी लघुवित्त, कालिका लघुवित्त, मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, हिमालयन डिष्टिलरी, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स,  लुम्बिनी विकास बैंक र कालिका पावर कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । 

यी कम्पनीहरुले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि आज बुक क्लोज गरेसँगै नेप्सेले अन्तिम कारोबारको आधारमा मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

नेप्सेका अनुसार हिमालयन डिष्ट्रिलरीको १५ प्रतिशत बोनसपछिको शेयरमूल्य ११८३ दशलमव ४८ रुपैयाँमा समायोजन भएको छ । कम्पनीको अन्तिम कारोबार १३६१ रुपैयाँमा भएको थियो । 

त्यस्तै कालिका लघुवित्त वित्तीय संस्थाको ९.५ प्रतिशत बोनसपछिको शेयरमूल्य १००४ दशलमव ५७ रुपैयाँमा समायोजन भएको छ । लघुवित्तकाे अन्तिम कारोबार ११०० रुपैयाँमा भएको थियो । 

कालिका पावर कम्पनीको ७ प्रतिशत बोनसपछिको शेयरमूल्य ५०३ दशलमव ७४ रुपैयाँमा समायोजन भएको नेप्सेले जनाएको छ । कम्पनीको अन्तिम कारोबार ५३९ रुपैयाँमा भएको थियो । 

नेप्सेका अनुसार लुम्बिनी विकास बैंकको ३ प्रतिशत बोनसपछिको शेयरमूल्य ४६६ दशलमव २ रुपैयाँमा समायोजन भएको छ । कम्पनीको अन्तिम कारोबार ४८० रुपैयाँमा भएको थियो ।

त्यस्तैश्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनीको १.८६५९ प्रतिशत बोनसपछिको शेयरमूल्य ५५४ दशलमव ६५ रुपैयाँमा समायोजन भएको छ । कम्पनीको अन्तिम कारोबार ५६५ रुपैयाँमा भएको थियो ।

नेप्सेले सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको ६ प्रतिशत बोनसपछिको शेयरमूल्य ७१४ दशलमव ४३ रुपैयाँमा समायोजन गरेको छ । कम्पनीको अन्तिम कारोबार ७५७ दशलमव ३० रुपैयाँमा भएको थियो । 

त्यस्तै मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको ७.५ प्रतिशत बोनसपछिको शेयरमूल्य ६८० दशलमव ९३ रुपैयाँमा समायोजन भएको छ । कम्पनीको अन्तिम कारोबार ७३२ रुपैयाँमा भएको थियो । समायोजित मूल्यका आधारमा आइतबार दोस्रो बजारमा कम्पनीहरुको कारोबार हुनेछ । 

Advertisment

थप समाचार