नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं : नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोली अर्थात पुस २२ गते बुकक्लोज गर्दैछ।

जसअनुसार आजसम्म कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

कम्पनीले पुस २९ गते, सोमबार ३० औँ वार्षिक साधारण सभा बोलाएको छ। उक्त सभा कम्पनीको केन्द्रिय कार्यालय, सिआईटी बिल्डिङ, नयाँ बानेश्वर, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।