Below Menu
Below Menu

शेयर बजारमा सामान्य अंकको सुधार, परिसूचकसँगै बढ्याे काराेबार

शेयर बजारमा सामान्य अंकको सुधार, परिसूचकसँगै बढ्याे काराेबार

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ५.३२ अंकले बढेर २५९१.५६ बिन्दुमा पुगेको हो । बिहिबार नेप्से ४.६३ अंकले बढेर २५८६.२३ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका १४१ कम्पनीको शेयरमूल्य बढेको छ । भने ९४ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज आठ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा चार अर्ब ८६ करोड दुई लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा चार अर्ब ४३ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज जानकी फाइनान्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज १९ करोड ९ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा ग्रिन भेन्च, उपकार लघुवित्त वित्तीय संस्था र दोर्दी खोला जलविद्युत कम्पनी रहेका छन् । आज यस कम्पनीको शेयरमूल्यमा सर्किट लागेको हो । आज नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य ८ प्रतिशतले घटेको छ । 
 

Advertisment

थप समाचार