Below Menu
Below Menu

उच्च अंकले बढ्यो शेयर बजार, छ अर्ब ३० करोडमाथिको कारोबार 

उच्च अंकले बढ्यो शेयर बजार, छ अर्ब ३० करोडमाथिको कारोबार 

काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार उच्च अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४९.१२ अंकले बढेर २६४०.६८ बिन्दुमा पुगेको हो । आइतबार नेप्से ५.३२ अंकले बढेर २५९१.५६ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका २२६ कम्पनीको शेयरमूल्य बढेको छ । भने १२ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज चार कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा छ अर्ब ३० करोड ५४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा चार अर्ब ८६ करोड दुई लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २९ करोड ९ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था रहेको छ । आज यस कम्पनीको शेयरमूल्यमा सर्किट लागेको हो । आज सामुदायिक लघुवित्त र उपकार लघुवित्त वित्तीय संस्था शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
 

Advertisment

थप समाचार