Below Menu
Below Menu

मुक्तिनाथ म्युचुअल फण्ड–१ को इकाई नेप्सेमा सूचीकृत

मुक्तिनाथ म्युचुअल फण्ड–१ को इकाई नेप्सेमा सूचीकृत

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज नेप्सेमा मुक्तिनाथ क्यापिटलले निष्काशन गरेको सामुहिक लगानी कोष योजना “मुक्तिनाथ म्युचुअल फण्ड १” को इकाई सूचीकृत भएको छ। क्यापिटलले मङ्सिर २० देखि मङ्सिर २५ गतेसम्म निष्काशन गरेको योजनाको इकाई सोमबार स्रूचीकृत भएको हो । 

नेप्सेका अनुसार सूचीकृत इकाई  मंगलबारबाट बजारमा कारोबारमा आउने छ । फण्डको इकाई ‘एमएनएमएफ१’ सिम्बलबाट कारोबार हुने छ ।

“मुक्तिनाथ म्युचुअल फण्ड” अन्तर्गत संचालन हुने यस योजनाको इकाई पुस ४ गते बाँडफाँड भएको थियो। माग भन्दा बढीको आवेदन परेकोले योजनाको आकार २५ प्रतिशतले बढाएर १ अर्ब २५ करोड कायम गरिएको थियो।

यस योजनाको आकार १० करोड इकाई अर्थात् १ अर्बको रहेकोमा योजनाको आकार बढाएर १२ करोड २५ लाख इकाई पुर्याईएको हो।  १० वर्षको अवधि रहेको यो योजना बन्दमुखी योजना रहेको छ ।

Advertisment

थप समाचार