काठमाडौं : सर्वसाधारणमा प्राथमिक शेयर निष्कासन गर्न युनाइटेड मेवा खोला हाइड्रोपावरले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा आईपीओ जारी गर्ने अनुमति माग्दै बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले एक अर्ब २३ करोड रुपैयाँ बराबरको एक करोड २३ लाख कित्ता शेयर जारी गर्न लागेको हो । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल रहेको छ ।
Advertisment