Below Menu
Below Menu

तीव्र उचारचढावबीच नेप्सेमा सामान्य वृद्धि, पाँच अर्ब ३८ करोडको कारोबार 

तीव्र उचारचढावबीच नेप्सेमा सामान्य वृद्धि, पाँच अर्ब ३८ करोडको कारोबार 

काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ६.१६ अंकले बढेर २६४६.८४ बिन्दुमा पुगेको हो । सोमबार नेप्से ४९.१२ अंकले बढेर २६४०.६८ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका १२६ कम्पनीको शेयरमूल्य बढेको छ । भने १०७ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार बढेपनि कारोबार रकममा भने गिरावट देखिएको छ । आज बजारमा ५ अर्ब ३८ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा छ अर्ब ३० करोड ५४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज सिन्धु विकास बैंकको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज १६ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा सप्तकोशी डेभलपमेन्ट बैंक र न्यादी हाइड्रोपावर कम्पनी रहेका छन् । आज यस कम्पनीको शेयरमूल्यमा सर्किट लागेको हो । आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र दोल्ती पावर कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
 

Advertisment

थप समाचार