काठमाडौं : महुली लघुवित्त वित्तीय संस्थाले यस वर्ष पनि लाभांश नदिने भएको छ । बुधबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगरी गत आर्थिक वर्षको नाफालाई सञ्चित गर्ने निर्णय गरेको हो ।
यसका साथै बैठकले सोही अनुसारको वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ । लघुवित्तले आर्थिक वर्ष २०७९/८० पनि लाभांश वितरण गरेको थिएन ।
Advertisment