काठमाडौं : हिमालयन इन्फ्रास्ट्रक्चर एण्ड लिमिटेडले माघ १८ गते शुक्रबार वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले लाभांश वितरण गर्ने प्रस्तावसहित साधारणसभा बोलाएको हो । उक्त सभा सो दिन एलफ्ट होटल ठमेलमा बिहान ११ बजे हुनेछ ।
सभाले कम्पनीले वितरण गर्न लागेको हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ५.५२६३१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
यसका साथै सभाले गत आर्थिक वर्षको वित्तीय विवरणमाथि छलफल गर्ने, चालु आवका लागि लेखापरीक्षक नियुक्ती गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्नेल लगायतका प्रस्ताव पारित गर्नेछ ।
Advertisment