Below Menu
Below Menu

कालिमाटी फलफूल तथा तरकारी बजारमा तरुल (फोटोफिचर) 

कालिमाटी फलफूल तथा तरकारी बजारमा तरुल (फोटोफिचर) 

काठमाडौं : माघेसंक्रान्तिका अवसरमा काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी बजारमा तरुलको व्यापार बढेको छ। माघे संक्रान्ति विशेषगरी तरुल र चाकुको चाड हो। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले हरेक वर्ष माघ १ लाई माघे संक्रान्तिको रूपमा मनाइन्छ।

संक्रान्ति नजिकिएसँगै व्यापारीहरूले तरकारी बजारमा तरुल बेच्न थालेका हुन्। कालीमाटी बजारमा प्रतिकेजी तरुल रु ८० देखि रु १०० सम्ममा बिक्री भएको व्यापारी बताउँछन् । माघे सङ्क्रान्ति  नजिकिदै गर्दा बजारमा तरुल प्रशस्त भित्रिएको छ ।

माघे सङ्क्रान्तिका दिन घिउ, चाकु, तिलको लड्डुसँगै  तरुल  खाने परम्परा रहेको छ । यी खाने कुराहरु खाएमा शरीर न्यानो हुने जनविश्वास रहेको छ । 

फोटोफिचर

तस्बिरः हरिराम भेटुवाल/रासस

Advertisment

थप समाचार