Below Menu

नेपाल आयल निगम १० अर्ब नाफामा

नेपाल आयल निगम १० अर्ब नाफामा

काठमाडौं : नेपाल आयल निगम यस वर्ष १० अर्ब रूपैयाँ नाफामा रहेको छ।

Sponsored Advertisement

शुक्रबार निगमको ५५औं वार्षिकोत्सव समारोहमा बोल्दै कार्यकारी निर्देशक डा चण्डिका प्रसाद भट्टले यस्तो जानकारी दिएका हुन्। 

कार्यक्रममा बोल्दै उनले भने, 'निगमले समयमै अडिड सकेको छ। देशको ठुलो संस्थाहरू मध्येको पहिलो ठूलो कारोबार गर्न संस्था सफल भएको छ। १० अर्ब नाफा गर्न सफल भएका छौँ।' 

उपभोक्ताको हितलाई ध्यानमा राखी संस्थाले अन्तर्राष्ट्रिय बजारले तोकेको मूल्य र गुणस्तरीय पेट्रोलियम पदार्थको बिक्री वितरण गर्न सफल भएको उनले बताए। 

पेट्रोलियम पदार्थको खपत बढिरहेको अवस्थामा देशको उर्जा सुरक्षालाई उच्च प्राथमिकता दिँदै पेट्रोलियम पदार्थको निरन्तर सहज र सुलभ आपूर्ति सुनिश्चित गरिएको उनको भनाइ छ। 

यसका साथै उनले निगमले भण्डारण क्षमता विस्तार पेट्रोलियम पाइपलाइन विस्तार र डिपोको आधुनिकीकरणका साथै मानव संसाधनको विकिस तथा सूचना प्रविधिको विकासमा जोड दिँदै निगमको सुधारका कामहरू अघि बढाइएको बताए। 

नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका अध्यक्ष मनोज दासले व्यवसायीहरू आन्दोलित हुनुपर्ने अवस्था आउन नदिन आग्रह गरे। 

उनले विद्युतीय गाडीहरूले बजार लिए भने पाइपलाइन विस्तार कति उपयोगी हुन सक्ला भन्ने चिन्ता व्यक्त गरे। 

आर्थिक अवस्था राम्रो छैन। बजारमा माग खुम्चिएको छ। 
अब व्यवसायीले आन्दोलन गर्नुपर्ने अवस्था नआओस हामीहरूलाई पनि दुख लाग्छ। हामीले गर्नुपर्ने काम के के हो अगाडि नै होमवर्क गरौं उनको भनाइ छ।

थप समाचार