Below Menu

आईपीओ निष्कासन गर्न नेपाल माइक्रो इन्स्योरेन्सलाई बोर्डको अनुमति

आईपीओ निष्कासन गर्न नेपाल माइक्रो इन्स्योरेन्सलाई बोर्डको अनुमति

काठमाडौं : नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ जारी गर्न स्वीकृति दिएको हो।

कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न बोर्डको अनुमति पाएको हो।

इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल रहेको छ।

थप समाचार