Below Menu
Below Menu

साढे १३ अर्बको शेयर सूचीकृत, ४४ खर्ब ४९ अर्ब पुग्यो लगानीकर्ताको सम्पत्ति  

साढे १३ अर्बको शेयर सूचीकृत, ४४ खर्ब ४९ अर्ब पुग्यो लगानीकर्ताको सम्पत्ति  

काठमाडौं : चालु आर्थिक वर्षको पाँच महिनामा साढे १३ अर्ब रुपैयाँ बराबरको शेयर नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सूचीकृत भएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार मंसिर मसान्तसम्म १३ अर्ब ७१ करोड बराबरको धितोपत्र सूचीकृत भएका छन्।

राष्ट्र बैंकका अनुसार पाँच महिनामा ५ अर्ब ८० करोड रुपैयाँ बराबरको बोनस शेयर, ३ अर्ब ९१ करोड रुपैयाँ बराबरको हकप्रद शेयर, ३ करोड ९८ लाख रुपैयाँ बराबरको एफपीओ र ३ अर्ब ९६ करोड रुपैयाँ बराबरको अन्य शेयर गरी उक्त रकम बराबरको शेयर सूचीकृत भएको हो । 

मंसिर मसान्तमा धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ४९ अर्ब ११ करोड कायम भएको छ । गत वर्षको सोही अवधिमा बजार पुँजीकरण ३० खर्ब ७६ अर्ब ५२ करोड रहेको थियो ।

गत वर्षको मंसिर मसान्तमा १९९४.६० रहेको नेप्से सूचकाङ्क चालु आवको सोही अवधिमा २६८२.२९ कायम भएको छ । 
यस अवधिमा नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २६७ रहेको छ ।

सूचीकृत कम्पनीहरुमध्ये १२९ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन्भने ९१ जलविद्युत् कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन्। गत वर्षको मंसिरसम्म सूचीकृत कम्पनीहरूको संख्या २६७ रहेको थियो । 

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५४.५ प्रतिशत रहेको छ ।

त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १५.५ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.३ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ६.२ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.२ प्रतिशत, होटेलको हिस्सा २.७ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.६ प्रतिशत रहेको छ । नेप्सेमा यस अवधिमा सूचीकृत ८ अर्ब ५६ करोड शेयरको चुक्ता मूल्य ८ खर्ब ४३ अर्ब ८१ करोड रहेको छ । 

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ७ अर्ब ७४ करोड रुपैयाँ बराबरको हकप्रद शेयर, ६ अर्ब ४० करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड, ४ अर्ब ४० करोड रुपैयाँ बराबरको डिबेन्चर र २२ करोड ५० रुपैयाँ लाख बराबरको साधारण शेयर गरी कुल १८ अर्ब ७६ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।
 

Advertisment