Below Menu
Below Menu

यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि

यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि

भक्तपुर : यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसइई० नियमित तथा ग्रेडवृद्धि परीक्षा आगामी चैत ७ देखि १९ गतेसम्म सञ्चालन हुने भएको छ ।

बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षाको पहिलो दिन चैत ७ गते बिहीबार अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुने र सोही दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र अनिवार्य अङ्ग्रेजीको परीक्षा हुने परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए । सोही दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरसातर्फ अनिवार्य अरेविक भाषाको परीक्षा हुने उनले बताए । 

दोस्रो दिन चैत ८ गते शुक्रबार अनिवार्य नेपाली विषयको परीक्षा हुनेछ । सोही दिन गैर नेपाली विद्यार्थीका लागि अङ्ग्रेजी (इलेक्टिभ इङ्लिस) को परीक्षा हुने जनाइएको छ । चैत १० गते आइतबार अनिवार्य गणित, चैत १२ गते मङ्गलबार अनिवार्य विज्ञान तथा प्रविधि विषयको परीक्षा र सोही दिन संस्कृत वेदविद्याश्रमतर्फ र मदरसातर्फका ऐच्छिक विषयका परीक्षा सञ्चालन हुनेछ ।

चैत १३ गते बुधबार अनिवार्य सामाजिक अध्ययन, प्राविधिक धारतर्फका ऐच्छिक विषय, संस्कृत वेदविद्याश्रमतर्फका विषयको परीक्षा हुने भएको छ । चैत १४ गते बिहीबार संस्कृत तथा वेदविद्याश्रमतर्फका ऐच्छिक विषयहरु, प्राविधिक धारतर्फका विभिन्न ऐच्छिक विषयको परीक्षा हुनेछ । 

चैत १५ गते शुक्रबार साधारण तथा संस्कृततर्फ वेदविद्याश्रमतर्फका सबै ऐच्छिक विषयहरु र प्राविधिक धारतर्फका कृषि र पशुपालनसम्बन्धी ऐच्छिक विषयको परीक्षा सञ्चालन हुने भएको छ । चैत १६ गते शनिबार प्राविधिक धारतर्फका विभिन्न विषयको परीक्षा सञ्चालन हुनेछ ।

चैत १७ गते आइतबार प्राविधिक धारतर्फका विभिन्न विषय, चैत १८ गते सोमबार अनिवार्य स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षा, वेदविद्याश्रमतर्फ कर्मकाण्ड, फलित ज्योतिष, संस्कृततर्फ अनिवार्य संस्कृत भाषाको परीक्षा सञ्चालन हुने परीक्षा बोर्डले जनाएको छ । परीक्षाको अन्तिम दिन चैत १९ गते मङ्गलबार प्राविधिकधारतर्फका विभिन्न विषयको परीक्षा सञ्चालन हुने परीक्षा नियन्त्रक पौडेलले जानकारी दिए । 

Advertisment

थप समाचार