Below Menu
Below Menu

शेयर बजारमा सामान्य गिरावट, करिब छ अर्बको कारोबार 

शेयर बजारमा सामान्य गिरावट, करिब छ अर्बको कारोबार 

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ७.३३ अंकले घटेर २६८ड.६२ बिन्दुमा पुगेको हो । बुधबार नेप्से १.८३ अंकले बढेर २६९५.९६ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ८८ कम्पनीको शेयरमूल्य बढेको छ । भने १५२ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज तीन कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार घटेपनि कारोबार रकममा भने सुधार देखिएको छ । आज बजारमा ५ अर्ब ९३ करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा छ अर्ब ८२ करोड ४९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज सिन्धु विकास बैंकको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २८ करोड ५७ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा बोटलर्स नेपाल (बालाजु) वीन नेपाल लघुवित्त व्त्तिीय संस्था र मन्दाकिनी हाइड्रोपावर कम्पनी रहेका छन् । आज यस कम्पनीको शेयरमूल्यमा सर्किट लागेको हो । आज पोखरा फाइनान्स कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
 

Advertisment