Below Menu

आईपीओ जारी गर्न क्रेष्ट माइक्रो लाइफसहित तीन कम्पनीलाई बोर्डको अनुमति 

आईपीओ जारी गर्न क्रेष्ट माइक्रो लाइफसहित तीन कम्पनीलाई बोर्डको अनुमति 

काठमाडौं : नेपाल धितोपत्र बोर्डले थप तीन कम्पनीलाई प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्न अनुमति दिएको छ । बोर्डले बिहिबार क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, ओम मेगाश्री फर्मास्युटिकल्स र सानिमा फ्लेक्सी फण्डलाई आईपीओ निष्कासनको अनुमति दिएको हो । 

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न अनुमति पाएको हो । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल रहेको छ ।

त्यस्तै बोर्डले ओम मेगाश्री फर्मास्युटिकल्सलाई  १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आईपीओ जारी गर्न अनुमति दिएको हो । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

सानिमा फ्लेक्सी फण्डले प्रतिकित्ता १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाइ जारी गर्न बोर्डको अनुमति पाएको हो । योजना व्यवस्थापक सानिमा क्यापिटल रहेको छ । सानिमा फ्लेक्सी फण्ड खुलामुखी योजना हो । 

Sponsored Advertisment