काठमाडौं : गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पीको आईपीओ आइतबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक कुमारी क्यापिटलका अनुसार आइतबार बिहान ९ बजे आफ्नै कार्यालय नागपोखरी काठमाडौंमा आईपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ ।
कम्पनीले पुस २१ गतदेखि सर्वसाधारणका लागि निष्कासन गरेको शेयरमा मागभन्दा १३.६५ गुणा बढी आवेदन परेको छ । यसर्थ आईपीओ बाँडफाँट गोलाप्रथाबाट हुनेछ ।
आईपीओमा १९ लाख ६ हजार ८४८ जनाले कुल २ करोड ५१ लाख ९० हजार ३६० कित्ताका लागि आवेदन दिएका छन् । जसमा १ लाख ८४ हजार ५०० जनाले मात्र शेयर हात पार्नेछन् । बाँकी १७ लाख २२ हजार ३४८ जनाको भने हात खाली हुनेछ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर बिक्रीमा ल्याएको थियो ।
Advertisment