Below Menu
Below Menu

गुराँस लघुवित्तको नाफा शतप्रतिशतले बढ्यो, छ महिनामा कमायो एक करोड ५४ लाख 

गुराँस लघुवित्तको नाफा शतप्रतिशतले बढ्यो, छ महिनामा कमायो एक करोड ५४ लाख 

काठमाडौं : गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त  विवरण अनुसार लघुवित्तले यस अवधिमा एक करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। 

उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १००.०९ प्रतिशतले बढी हो। गत आवको सोही अवधिसम्ममा लघुवित्तले ७७ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

पुस मसान्तसम्म आइपुग्दा संस्थाको खुद ब्याज आम्दानी बढेसँगै नाफा बढेको हो । यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ९५.३४ प्रतिशतले बढेर ५ करोड ६४ लाख रुपैयाँमा झरेको छ । त्यस्तै सञ्चालन आम्दानी १२।८१ प्रतिशत बढेको छ । 

त्यस्तै यस अवधिमा आइपुग्दा कम्पनीको कुल सञ्चालन आम्दानी ६६।४० प्रतिशतले बढेको छ भने सञ्चालन मुनाफा २०७.६६ प्रतिशतले बढेर २ करोड ४५ लाख रुपैयाँ कायम भएको छ । गत वर्ष संस्थाको सञ्चालन आम्दानी ९ करोड ९० लाख रुपैयाँ रहेको थियो । 

दोस्रो त्रैमाससम्म आइपुग्दा लघुवित्तको खराब कर्जा ३.७५ प्रतिशतबाट घटेर २.७८ प्रतिशतमा पुगेको छ। नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ।  यस अवधिमा संस्थाको इपीएस ११ रुपैयाँ ४५ पैसा बढेर २६ रुपैयाँ ७० पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ८३ पैसा रहेको छ।

पुस मसान्तसम्म आइपुग्दा ११ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा ४ करोड २६ लाख रुपैयाँ सञ्चित छ । 

Advertisment

थप समाचार