Below Menu
Below Menu

दोहोरो अंकले सुधारियो शेयर बजार, छ अर्ब २५ करोडमाथिको कारोबार

दोहोरो अंकले सुधारियो शेयर बजार, छ अर्ब २५ करोडमाथिको कारोबार

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार  दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १२.५८ अंकले बढेर २६०१.२१ बिन्दुमा पुगेको हो । बिहिबार नेप्से ७.३३ अंकले घटेर २६८८.६२ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ८८ कम्पनीको शेयरमूल्य बढेको छ । भने १५२ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज तीन कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार बढेपनि कारोबार रकममा भने सुधार देखिएको छ । आज बजारमा ६ अर्ब २५ करोड ७२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।  बिहिबार नेप्सेमा ५ अर्ब ९३ करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज एनआरएन इन्फ्रास्ट्रक्चर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २६ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा बोटलर्स नेपाल (बालाजु) कम्पनी रहेको छ। आज यस कम्पनीको शेयरमूल्यमा सर्किट लागेको हो । आज सुपरमादी हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
 

Advertisment

थप समाचार