Below Menu
Below Menu

वैदेशिक व्यापारमा सुधार: आयात ७.१ र निर्यात ३१.८ प्रतिशतले बढ्यो 

वैदेशिक व्यापारमा सुधार: आयात ७.१ र निर्यात ३१.८ प्रतिशतले बढ्यो 

काठमाडौं : चालु आर्थिक वर्षको पहिलो ६ महिनामा आयात निर्यात दुवैमा सुधार देखिएको छ । पुस मसान्तसम्म आयात ७.१ प्रतिशत र निर्यात ३१.८ प्रतिशतले बढेको अर्थमन्त्रालयले जनाएको छ ।

अर्थमन्त्रालयका अनुसार यस अवधिमा ८ खर्ब २२ अर्ब ३७ करोड रुपैयाँ बराबको वस्तु तथा सेवा आयात हुँदा ९८ अर्ब ७९ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छछ । 

गत वर्षको सोही अवधिमा ७ खर्ब ६८ अर्ब १७ करोड रुपैयाँ बराबरको आयात हुँदा ७४ अर्ब ९७ करोड रुपैयाँ बराबरको सामान निर्यात भएको थियो ।गत वर्षको पुस मसान्तसम्म आयातमा ३.१ प्रतिशत र निर्यातमा ७.२ प्रतिशतले गिरावट आएको थियो । 

त्यस्तै यस अवधिमा सरकारको राजस्व १२.७ प्रतिशतले बढेको अर्थमन्त्रालयले जनाएको छ । सरकारको खर्च वृद्धि भने १७.८ प्रतिशतले बढेको छ । 

पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ३.३ प्रतिशतले बढेको छ । यस अवधिमा वित्तीय संस्थामा २ अर्ब ११ अर्ब रुपैयाँले निक्षेप संकलन बढेको हो । 

यस अवधिमा कर्जा वृद्धि ४.४१ प्रतिशतले बढेको छ । जसमा निजी क्षेत्रमा प्रवाहित कर्जा वृद्धि २ खर्ब २८ अर्ब रुपैयाँ रहेको छ ।
 

Advertisment

थप समाचार