काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ६.७८ अंकले बढेर २६०७.९९ बिन्दुमा पुगेको हो । आइतबार नेप्से १२.५८ अंकले बढेर २६०१.२१ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ११८ कम्पनीको शेयरमूल्य बढेको छ । भने ११७ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज आठ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा छ अर्ब ५७ करोड ४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा छ अर्ब २५ करोड ७२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज रिभर फल्स पावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २४ करोड एक लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा मानुषी लघुवित्त वित्तीय संस्था हाइड्रोपावर कम्पनी रहेका छन् । आज यस कम्पनीको शेयरमूल्यमा सर्किट लागेको हो । आज सुपदमादी हाइड्रोपावर र वीन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
Advertisment