Below Menu
Below Menu

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण: पचास लाख धरौटी बुझाएर जोशी रिहा

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण: पचास लाख धरौटी बुझाएर जोशी रिहा

काठमाडौं : स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको मुद्दामा नेपाल प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक छविलाल जोशी रिहा भएका छन्।

काठमाडौँ जिल्ला अदालतले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो ।  

अदालतका श्रेस्तेदार तीर्थराज भट्टराईले जोशी ५० लाख बैंक ग्यारेन्टी बुझाएर आजै रिहा भएको जानकारी दिए। यसअघि जोशीलाई कास्की जिल्ला अदालतले सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा ८८ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । 

सोही प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कास्की अदालतबाट ६५ लाख र काठमाडौँ जिल्ला अदालतबाट ६० लाख बैंक ग्यारेन्टी बुझाएर छुटेका थिए।

उनीहरुविरुद्ध अझै रुपन्देही, चितवन र पर्सामा पनि सहरकारी ठगी कसुरमा जाहेरी दर्ता भएको छ।

Advertisment

थप समाचार