काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार उच्च अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ५२.३६ अंकले बढेर २६६५.४५ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से ५.०८ अंकले बढेर २६१३.०८ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १९६ कम्पनीको शेयरमूल्य बढेको छ । भने ३७ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज नौं कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा नौ अर्ब २० करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा छ अर्ब २१ करोड एक लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ६१ करोड ३६ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा कर्पोरेट डेभलपमेन्ट बैंक र दोल्ती पावर कम्पनी रहेका छन् । आज यस कम्पनीको शेयरमूल्यमा सर्किट लागेको हो । आज बाराही हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशतले घटेको छ ।
Advertisment