काठमाडौं : नेपाल स्टक एक्सेञ्जले नेपाल लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको छ । कम्पनीले लाभांश वितरण र साधारणसभा प्रयोजनका लागि आज बुक क्लोज गरेसँगै अन्तिम कारोबारका आधारमा नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेका अनुसार १० प्रतिशत बोनसपछिको शेयरमूल्य ७६० दशलमव ०९ रुपैयाँमा समायोजन भएको छ । कम्पनीको अन्तिम कारोबार ८३६ दशलमव १० रुपैयाँमा भएको थियो ।
Advertisment