Below Menu

आशा लघुवित्तको २० लाख १४ हजार कित्ता शेयरको ‘लक इन’ अवधि फागुन ११ गते सकिने 

आशा लघुवित्तको २० लाख १४ हजार कित्ता शेयरको ‘लक इन’ अवधि फागुन ११ गते सकिने 

काठमाडौं : आशा लघुवित्त वित्तीय संस्थाको साधारण शेयर बिक्री (लकइन पिरियड) फागुन ११ गतेबाट सकिने भएको छ । कम्पनीले संस्थापक शेयरधनी र कर्मचारीहरुका लागि छुट्याएको शेयरको लकइन पिरियड खुल्ला गर्न लागेको हो ।

Sponsored Advertisement

कम्पनीले २०७८ फागुन ४ गते कम्पनीका संस्थापक शेयरधनी र कर्मचारीहरुका लागि २० लाख १४ हजार २२७ दशलमव ५० कित्ता शेयर बाँडफाँट गरी तिन वर्षका लागि लकइनमा राखेको थियो । उक्त शेयरको लाकइन पिरियड खुल्ला गर्न लागिएको कम्पनीले जनाएको छ । लकइन अवधि सकिएपछि उक्त शेयर बजारमा थपिनेछ ।

कम्पनीले संस्थापक शेयरधनीहरुको १९ लाख ९९ हजार ३७५ कित्ता र कर्मचारीहरूको १४ हजार ८५२ दमलशव ५० कित्ता शेयर बाँडफाँट गरेको थियो । लक इन अवधि सकिएपछि कम्पनीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ ।

थप समाचार