काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा साढे चार लाख कित्ता शेयर थपिएको छ । सोमबार नेप्सेले महुली लघुवित्त वित्तीय संस्थाको ४ लाख ७५ हजार ४४९ दशलमव १५ कित्ता एफपीओ सूचीकृत गरेको हो ।
लघुवित्तले पुस ५ गतेदेखि ९ गतेसम्म ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँ बराबरको एफपीओ जारी गरेको थियो । उक्त शेयर नेप्सेमा सूचीकृत भएको हो । सूचीकृत शेयर मंगलबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।
Advertisment