Below Menu
Below Menu

अरुण भ्याली हाइड्रोपावरको नाफामा उछाल, ७३४.९८ प्रतिशतले वृद्धि

अरुण भ्याली हाइड्रोपावरको नाफामा उछाल, ७३४.९८ प्रतिशतले वृद्धि

काठमाडौं : अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको नाफा ७३४.९८ प्रतिशतले बढेको छ। यस अवधिमा कम्पनीले १९ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्ष सोही अवधिमा कम्पनीको नाफा २ करोड ३२ लाख रुपैयाँ थियो। 

बिक्री आम्दानी बढ्दा र वित्तीय लागत घट्दा नाफामा उल्लेख्य योगदान पुगेको हो । समीक्षा अवधिसम्म कम्पनीले विद्युत बिक्रीबाट १४ करोड १२ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष यो आम्दानी ३ करोड २० लाख रुपैयाँ मात्र थियो।

कम्पनीको वित्तीय लागत उच्च दरले घटेको छ । अघिल्लो वर्ष सोही अवधिमा यस्तो लागत ७ करोड ६२ लाख रुपैयाँ रहेकोमा अहिले २ करोड २८ लाख रुपैयाँ छ ।

कम्पनीको चुक्तापुँजी ३ अर्ब ८४ करोड ८० लाख रुपैयाँ छ। कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक १० रुपैयाँ ९ पैसा र प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ छ।

Advertisment