काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ६.५४ अंकले बढेर २६८३.६६ बिन्दुमा पुगेको हो । सोमबार नेप्से १०.९८ अंकले घटेर २६७७.३२ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १३४ कम्पनीको शेयरमूल्य बढेको छ । भने ९८ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज ११ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा सात अर्ब २४ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा छ अर्ब ९६ करोड २ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज सीइडीबी होल्डिङस् कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३५ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा सिक्लेस हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी रहेका छन् । आज यस कम्पनीको शेयरमूल्यमा सर्किट लागेको हो । आज भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
Advertisment