Below Menu

सीजी इलेक्ट्रोनिक्स र हुलास फिनसर्भबीच वित्तीय सहकार्य, शून्य ब्याजदरमा ईएमआई सुविधा

सीजी इलेक्ट्रोनिक्स र हुलास फिनसर्भबीच वित्तीय सहकार्य, शून्य ब्याजदरमा ईएमआई सुविधा

काठमाडौं : सीजी इलेक्ट्रोनिक्स र हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड (एचएफएल) बीच घरायसी इलेक्ट्रोनिक्स उपकरण खरिदलाई सहज बनाउने उद्देश्यले वित्तीय सहकार्य भएको छ। ‘विश्वासको नयाँ हातेमालो’ नारासहित सुरु गरिएको सहकार्यअन्तर्गत ग्राहकले लागू सर्तअनुसार शून्य प्रतिशत ब्याजदरमा मासिक किस्ता (ईएमआई) सुविधा पाउने भएका छन्।

Sponsored Advertisement

यस सुविधाले ग्राहकलाई एकैपटक ठूलो रकम खर्च नगरी आफ्नो आवश्यकता र बजेटअनुसार घरायसी उपकरण खरिद गर्ने अवसर प्रदान गर्नेछ। नयाँ घर सजाउन, पुराना उपकरण परिवर्तन गर्न तथा दैनिक जीवनलाई सहज बनाउन चाहने ग्राहक यसबाट लाभान्वित हुने कम्पनीको विश्वास छ।

योजनाअन्तर्गत LG, CG, CG Meridia, TCL, Godrej, Beko, Sensei, Midea, BLACK+DECKER, Crompton, Elica, KENT, Burly तथा Goodmans लगायतका ब्रान्डका योजनामा समावेश उत्पादन खरिद गर्न सकिनेछ। टेलिभिजन, रेफ्रिजेरेटर, वासिङ मेसिन, एयर कन्डिसनर तथा भान्सा र घरायसी प्रयोगका विभिन्न उपकरणमा ईएमआई सुविधा उपलब्ध हुनेछ।

‘तुरुन्तै सजिलो ईएमआई, नागरिकता भए पुग्छ!’ भन्ने सन्देशसहित ल्याइएको यस योजनामा सहभागी हुन ग्राहकले नागरिकतासहित नजिकको सीजी डिजिटल शोरुम वा सीजी इलेक्ट्रोनिक्सका आधिकारिक डिलरमा सम्पर्क गर्न सक्नेछन्। ईएमआई स्वीकृति तथा वित्तीय प्रक्रिया एचएफएलका लागू सर्तअनुसार हुनेछ।

त्यसैगरी, पुराना उपकरण साटेर नयाँ उपकरण खरिद गर्न चाहने ग्राहकले सीजी एक्स इलेक्स (CG X Elex) मार्फत उपलब्ध एक्सचेन्ज तथा ईएमआई विकल्पको सुविधा पनि लिन सक्नेछन्।

यस सहकार्यले गुणस्तरीय इलेक्ट्रोनिक्स उपकरणको खरिदलाई थप सहज र पहुँचयोग्य बनाउने अपेक्षा गरिएको छ। ग्राहकले योजनामा समावेश उत्पादन, किस्ता अवधि, डाउन पेमेन्ट तथा अन्य सर्तबारे सीजी डिजिटल शोरुम वा आधिकारिक डिलरबाट जानकारी लिन सक्नेछन्।

थप समाचार