Below Menu
Below Menu

हिमालयन एभरेष्ट इन्स्योरेन्सले ८.२५ प्रतिशत लाभांश दिने  

हिमालयन एभरेष्ट इन्स्योरेन्सले ८.२५ प्रतिशत लाभांश दिने  

काठमाडौं : हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले  गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ८.२५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । 

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ८.२५ प्रतिशतका दरले हुन आउने २१ करोड ८७ लाख ६३ हजार ७७३ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि  वितरण गरिनेछ।


 

Advertisment